भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’
२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाको २१ स्थानमा प्रदर्शन हुने जात्रा सूर्यमढीबाट सुरु गर्ने परम्परा छ । सूर्यमढीमा जात्रा गर्नुअघि...
मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरबाट मूर्ति र गरगहना चोरी
२० पौष, काठमाडौं । मोरङको रंगेली नगरपालिका७ मा अवस्थित धार्मिक महत्त्वको संसारीमाई मन्दिरमा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिवार राति अज्ञात समूहले मन्दिरको च्यानल गेटमा लगाइएको ताल्चा फोडी देवीदेवताका मूर्ति, गरगहना तथा दानपेटिका चोरी गरेका हुन् ।...
भुवा पर्वका अवसरमा सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
३ पौष, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भुवा पर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको...
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’
२८ मंसिर, काठमाडौं । सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण धनगढीमा जारी छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव...
लोकप्रिय नृत्यङ्गना सुवेदीको निधन
७ असोज, काठमाडौं । लोकप्रिय नृत्यङ्गना सीता सुवेदीको निधन भएको छ । आज बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा उनको ४० वर्षको उमेरमा निधन भएको हो । उहाँ तीन महिनादेखि फोक्सो क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा...
भोलिबाट नेपाल कला तथा संस्कृति महोत्सव सुरु
१९ भाद्र, काठमाडौं । नेपाल कला तथा संस्कृति महोत्सव भोलि शुक्रवारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ । नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा अगामी असोज १० गतेसम्म महोत्सव सञ्चालन गर्ने भएको हो । राष्ट्रपति...
आज बौद्धमा भव्य रुपमा घोनाई (रोपाइँ जात्रा) मनाइदै
२६ साउन, काठमाडौं । काठमाडौँ बौद्धमा आज रोपाइँ जात्रा (घोनाई) हुँदैछ । उपत्यकाको विभिन्न जात्रा तथा पवर्हहरुमा बौद्धको घोनाई यस क्षेत्रके प्रसिद्ध जात्रा हो । हिजो बौद्धमा गाईजात्रा मनाइएको थियो भने आज बौद्धको महत्वपूर्ण जात्रा घोनाई मनाइदैछ । ऐतिहासिक, धार्मिक...
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण...
अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता
१७ चैत, काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्त्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ । नेपालका विभिन्न स्थानबाट हराएर अमेरिका पुगेका पुरातात्विक वस्तुहरु आइतवार बिहान पुरातत्व विभागले सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो । यीमध्ये...
हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित
४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित हुनुभएको छ । शनिवार भक्तपुर मध्यपुर ठिमी दुई पोखरीमाआयोजित एपिक नेपाल म्युजिक अवार्ड२०८१ को पाँचौ संस्करणमा उहाँलाई शो सम्मान दिइएको हो । प्रथम महिला श्रीमती राधिका...
यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई
२७ फागुन, काठमाडौं । रुद्रराज साहित्य सेवा समितिले यस वर्षको रुद्रराज साहित्य पुरस्कार डा. गार्गी शर्मालाई प्रदान गरेको छ । सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमवार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लालदासले उक्त पुरस्कार अर्पण गरे ।...
वसन्तलाई स्वागत गर्दै हुम्लामा ‘चैतलो’ पर्व मनाइयो
१३ फागुन, काठमाडौं । हुम्ला जिल्लास्थित सिमकोट र ठेहे गाउँमा प्रत्येक वर्ष झैं यो वर्ष पनि चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत गरिएको छ । प्रत्येक वर्ष फागुन १२ गते ऋतु वसन्तको आगमनलाई स्वागत गर्दैविशेष गरी सधवा महिला र अवकन्या...
पहिलो पटक ‘काठमाडौं उत्सव’ आयोजना हुँदै
१२ फागुन, काठमाडौं । काठमाडौंमा पहिलो पटक काठमाडौं उत्सव आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको हलमा विशेषगरी काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आम मान्छेका जीवनका कथाहरु समिटेर काठमाडौं उत्सव आयोजना गर्न लागिएको उत्सवका अध्यक्ष प्रकाश समीरले...
नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ प्रदर्शनी
७ फागुन, काठमाडौं । नेपाल आर्ट काउन्सिलमा वुमन इन आर्ट शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा १४ महिला कलाकारका सामूहिक कला प्रदर्शनी १४ फेब्रुअरी (भ्यालेन्टाइन डे) फागुन २ गतेदेखि सुरु भएको हो । यो प्रदर्शनी फागुन...
माघ १५ गतेदेखि भक्तपुरमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता हुने
१० माघ, काठमाडौं । भक्तपुरमा जिल्लाव्यापी अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । यही माघ १५ गतेदेखि राष्ट्रका लागि दुई घण्टा अभियानले वातावरण संरक्षण र मानवसेवालाई मूलमन्त्र बनाएर काम गरेको एक सय हप्ता पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गर्न...
थारू समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने
२६ पौष, काठमाडौं । थारु समुदायले २ दिन टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । थारू समुदायले पौष २९ गते र माघ १ गते गरी २ दिन काठमाडौंको टुँडिखेलमा माघी महोत्सव२०८१ मनाउन लागेको हो । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनमा २०५९...
चितवनमा मगर समुदायको मौलिक नृत्य ‘कौराहा’ प्रतियोगिता हुने
२४ पौष, काठमाडौं । चितवनमा मगर समुदायको प्रचलित नृत्य कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । बढ्दो आधुनिकीकरणले मगर जातिको सांस्कृतिक पहिचान बोकेको नृत्य कौराहा लोप हुन गइरहेको अवस्थामा संरक्षण गर्ने उद्देश्यले नेपाल मगर सांस्कृतिक संघ चितवनले यही पुस २७...
खाल्सा क्षेत्रमा पापानी चाड सम्पन्न
११ मंसिर, काठमाडौैं । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरुको पापानी चाड सम्पन्न भएको छ । आजबाट आफ्ना कुलदेवता फुढाहाङलाई पूजाआजा गरी विधिवत् रुपमा बिदाइ गरेर सम्पन्न भएको हो । खाल्सा क्षेत्रका स्थानीय राई जातिले नयाँ बाली भित्र्याउने खुशीयालीमा पापानी...