SamwadKhabar logo

               

अन्तर्वार्ता

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने
१० भाद्र, काठमाडौं । बौद्ध क्षेत्रमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) भदौ १५ गते मनाइने भएको छ । गाईजात्राको भोलि पल्ट मनाउने बौद्धको रोपाइँजात्रा छुट्टै विशेषता एवं मौलिक पहिचान बोकेको जात्रा हो । काठमाडौ महानगरपालिका वडा नम्बर ६ र बौद्धनाथ क्षेत्र बिकास समितिको आर्थिक सहयोगमा गाइजात्रा तथा रोपाइँजात्रा (घोनाई) मनाउन लागेको शुक्रबार बौद्ध तामाङ गुठीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । आगामी भदौ १५ गते गाइजात्राको भोलिपल्ट मृतकका आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाउन लागिएको हो । काठमाडौ महानगरपालिका ६ का वडा अध्यक्ष भुवन लामाले जात्राको लागि महानगरको सम्पदा शाखा मार्फत १५ लाख दिने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी बौद्धनाथ क्षेत्र बिकास समितिले जात्रा मनाउन १० लाख आर्थिक सहयोग दिने अध्यक्ष राजकुमार लामाले जानकारी दिए । बौद्धको रोपाइँजात्रा स्थानीय कृषकहरुले सदियौं अघिदेखि मनाउन थालेको मानिन्छ । बौद्धको मौलिक जात्राको रुपमा मनाइँदै आएको रोपाइँजात्रा गाईजात्राको भोलिपल्ट बौद्धका तामाङ समुदायले रोपाइँ जात्रा मनाउने गर्दछन् । कार्यक्रम सम्पन्न गर्न गाईजात्रा मूल समारोह समितिको संयोजनमा २१ सदस्यीय गाईजात्रा तथा रोपाइजात्रा (घोनाई) मुल समारोह समिति गठन गरिएको छ । उक्त जात्रामा १० विविध विधाहरूमा इच्छुक जो कोही प्रतिस्पर्धीको रूपमा सहभागी गराउने तथा प्रतिस्पर्धी मध्येबाट विधागत उत्कृष्ट कलाकारहरुलाई प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार नगद प्रदान गरिने छ । प्रतिस्पर्धा विधाहरु जस्तै लाखे, बाउसे, रोपाहार, झाकी, हास्य–व्यंग्य, हल गोरु, घोडा, घोनाई नाच, बाल रोपार र बाल बाउसे आदि रहनेछन् । विगतका वर्षहरूमा भन्दा यस पटकको यो जात्रा फरक एवं उत्कृष्ट हुने आयोजकले दावी गरेको छ । पत्रकार सम्मेलनमा वडा नम्बर–६ का वडा अध्यक्ष भुवन लामा,बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामा, आयोजक समितिका प्रवक्ता सम्पुर्ण कुमार लामा र टासीकुमार लामा,मुल समारोह समिति संयोजक जय मंगल लामाले पत्रकारका जिज्ञासाको उत्तर दिएका थिए । कार्यक्रम संचालन मुल समारोह समितिका सचिव धरम लामाले संचालन गरेका थिए ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

१० भाद्र, काठमाडौं । बौद्ध क्षेत्रमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) भदौ १५ गते मन…

भारतमा पहिलो पटक छड निर्यात

भारतमा पहिलो पटक छड निर्यात

५ साउन, काठमाडौँ । परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथ…

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

जेष्ठ ३०, काठमाडौँ । सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९८ हजार नौ…

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

१८ जेष्ठ, काठमाडौँ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार …