SamwadKhabar logo

               

महापुरुष

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

संवाद खबर

संवाद खबर

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो । 

भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवं नैतिक चेतनाको विकास गर्न पु¥याएको योगदानका कारण राष्ट्रिय विभूति आदिकवि भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।

भानुभक्त आचार्यको जन्म विक्रम सम्वत् १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीको कोखबाट भएको थियो । यही दिनलाई नेपाली जनमानसले भानुजयन्तीको रूपमा स्मरण गर्दछन् ।

पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागेपछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराउनुभयो । दस बर्षको उमेरमा भानुभक्तको विवाह चन्द्रकान्तादेवीसँग भयो । विवाह भएको केही महिनापछि चन्द्रकान्ताको मृत्यु भयो । लगत्तै उहाँको दोश्रो विवाह एघार वर्षको उमेरमा तनहुँ जिल्लाको मानुङ्ग गाउँकी चन्द्रकलादेवीसँग भयो । जीवनको अन्तिम घडीमा काशीमा देह त्याग गर्ने बाजेको इच्छा अनुसार भानुभक्त आफ्ना बाजेको साथ काशी जानुभयो । वि.सं. १८८९ तिर बाजे श्रीकृष्णले काशीमा देह त्याग गरेपछि भानुभक्त आफ्नो गाउँ फर्किनुभयो । 

काशीबाट आफ्नो गाउँ फर्कंदा उहाँ १९ वर्षको हुनुहुन्थ्यो । काशी बसाईको समयमा उहाँले त्यहाँ शास्त्रीय अध्ययन गर्नुभयो । साथै काशीमा विद्वानहरुका संगतले उहाँमा गजबको कवित्व शक्ति जागृत भइसकेको थियो । उहाँ  समय पाउनासाथ प्रसंग अनुसार रमाइला फुटकर रचनाहरु लेख्नेगर्नुहुन्थ्यो । पछि उहाँ नै भानुभक्त नेपाली साहित्यमा आदिकविका नामले परिचित हुनुभयो । भानुभक्तका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तरी’, ‘भक्तमाला’, ‘रामगीता’लगायत कृति लोकप्रिय छन् । उहाँको अथक प्रयासले संस्कृतमा लेखिएको रामायण नेपाली भाषामा अनुवाद भयो । पछि युवाकवि मोतिराम भट्टले भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायण प्रकाशन गर्नुभयो । यसपछि भने नेपालीमा लेखिएको रामायणलाई हरेक नेपालीले लय हाली हाली कण्ठ पार्न थाले । धेरैका घर-घरमा रामायण पुग्यो । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो- ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । 

उहाँको जीवनीसँग धेरै रोचक प्रसंगहरु जोडिएका छन् । एकपटक एक जंगलमा उहाँको एउटा घाँसीसँग भेट भएको थियो । घाँसीले दिनभरि घाँसकाटेको देखेपछि भानुभक्तले सोध्नुभयो, घाँसी तिमी यो घाँसले के गर्छौ ? जवाफमा घाँसीले आफूले काटेको घाँस बेचेर नजिकै एउटा कुवा खनाएको पनि बतायो । घाँसी आफैं गरिब थियो, तैपनि उसको समाजसेवा आफैंमा उदाहरणिय थियो । भानुभक्तलाई घाँसीले घाँसदाउरा गरेर आर्जन गरेको रकमले कुवा खनाएको बताए । घाँसीको कुराले भानुभक्तको मन छोयो । ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’  एक घाँसीले दिएको अर्ति-उपदेशलाई  उहाँले प्रेरणास्वरूप कविता लेख्नुभयो- 

भर्जन्म घाँसतिर मन दिइ धन कमायो ।
नाम क्यै रहोस पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
मेरा इनार न त सत्तल पाटि क्यै छन् ।
जे छन् र चीजहरु छन् घरभित्र नै छन् ।।
तेस् घाँसीले कसरी आज दिएछ अर्ती ।
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।

अहिले पनि तनहुँमा घाँसीकुवा रहेको छ । उहाँ मरेर गएपनि  भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाललाई एकताको सूत्रमा बाँध्ने आदिकवि भानुभक्तको योगदान अमूल्य छ । उहाँको  प्रेरणादायी जीवनीबाट हरेक नेपालीले धेरै कुरा सिक्न सकिनेछ । वि.सं. १९२५ आश्विन शुक्ल पञ्चमीका दिन ५४ बर्षको उमेरमा आदिकवि भानुभक्तको निधन भयो ।

राष्ट्रिय विभूति आदिकवि आचार्यले लेखेको रामायण अहिले पनि नेपालीको घर-घरमा सस्वर लय हालेर पाठ गरिन्छ । उहाँको कविताले , महाकाव्यले रामायणले उहाँलाई सुन्दर रूपले विभूषित गरेको छ । 


 

 

 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

शुक्रराज शास्त्री

शुक्रराज शास्त्री

✍ |गणेश तिमिल्सिना मरे पुगिन्छ सहिदको लोकमा, जिते मुलुक सुधार गरौंला। लौ जिन्दगीको…

जन्मजयन्ती विशेष: कविशिरोमणि लेखनाथ पौड्‌याल

जन्मजयन्ती विशेष: कविशिरोमणि लेखनाथ पौड्‌याल

✍उर्मीला घिमिरे (इटहरी, सुनसरी उत्तरमा उन्नत अन्नपूर्णा र माछापुच्छे हिमशंखला बीचमा स…

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज दे…