SamwadKhabar logo

               

धर्म संस्कृति

गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड

संवाद खबर

संवाद खबर

गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड

भाद्र १५, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनहरूको घुँइचो लागेको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमी(कागे अष्टमी)को दिन लाग्ने धार्मिक मेला भर्नका लागि सोही मन्दिर परिसरमा भक्तजनहरूको भीड लागेको हो । 

कागेश्वरीलाई प्राचीनकालदेखि नै हिन्दु, बोन परम्परा, बौद्ध धर्म र तान्त्रिक साधनाको संगमस्थल मानिन्छ । 

आजको दिन कागले छोएको वा स्पर्श गरेको मानिसले यस मन्दिरमा गएर पूजा-आराधना र दर्शन गरेमा पापबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । यो मान्यताको कारण कागे अष्टमीको दिन यहाँ ठूलो मेला लाग्छ र हजारौँ भक्तजनहरूको भीड लाग्ने गर्दछ ।  गोसाइँकुण्डको यात्रा गर्ने भक्तजनले त्यहाँबाट ल्याएको जल कागेश्वरी महादेवलाई चढाएपछि मात्र उनीहरूको धार्मिक यात्रा पूरा हुने विश्वासले  गोसाइँकुण्ड जाने भक्तजनहरू पनि यहाँ आउने गर्छन्।

यस मन्दिरमा हरियो मकै चढाउँदा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास पनि छ। 

ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिरको नाम ‘काग’ र ‘ईश्वर’ मिलेर बनेको हो । 

पौराणिक कथाअनुसार, एक कागले गाईको दूध पहरामा रहेको शिवलिंगमा चढाएको देखेपछि त्यस ठाउँमा खोजी गर्दा महादेवको मूर्ति फेला परेको थियो। यसैले कागलाई यस मन्दिरमा विशेष महत्व दिइन्छ र मन्दिर परिसरमा अष्टधातुबाट बनेको ठूलो कागको मूर्ति पनि राखिएको छ।

कागेश्वर महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउने गरेको छ । यस क्षेत्रबाट राजधानी काठमाडौंको दृष्यावलोकन समेत गर्न सकिन्छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…

हेलम्बुमा छेच्यु पूजाको रौनक

हेलम्बुमा छेच्यु पूजाको रौनक

माघ २१, काठमाडौं । हेलम्बुको तार्तुङ र सेर्माथाङ गाउँस्थित गुम्बाहरूमा आयोजना गरिएको…

भक्तपुरमा एक महिने स्वस्थानी व्रत र माधवनारायण मेला सम्पन्न

भक्तपुरमा एक महिने स्वस्थानी व्रत र माधवनारायण मेला सम्पन्न

१८ माघ, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने लामो स्वस्थानी व्रत र म…