SamwadKhabar logo

               

समाज

थारू समुदायको परम्परागत खानपान र जीवनशैली हराउँदै

संवाद खबर

संवाद खबर

थारू समुदायको परम्परागत खानपान र जीवनशैली हराउँदै

१५ मंसिर, काठमाडौं । थारु समुदायको पहिचान परम्परागत मौलिक नाचगान, भेषभुषा, कला, संस्कृति मात्र नभई उनीहरूको खानपान प्रणाली पनि हो जुन चाहिँ पछिल्लो समय हराउन थालेका देखिन्छन् । 

विगतमा थारु समुदायले विभिन्न समयमा दिनको पाँच पटकसम्म खानपान गर्ने प्रचलन थियो । सबेरै बिहानको नास्ता  ‘बासी’ अर्थात् अघिल्लो रातको भात तथा अन्य परिकार, त्यसपछि विहानको खाना  ‘कल्वा’ खाने चलन छ । दिउँसोको खाजा  ‘मिन्ही’, बेलुकीको खाजा  ‘सिन्ही’ र  रातिको खाना  ‘बेरी’ खाने चलन रहेको छ ।

सुतेर उठ्ने वित्तिकै खेतबारीमा काम गर्ने भएकाले विहानै नास्ता खाने प्रचलन  थियो। जसलाई थारु समुदायमा  ‘बासी’ खाने भनिन्छ । घरमा भन्दा धेरै खेतबारीमा र वनपाखामा काम गरेर धेरै समय विताउने चलन छ । घोराही उपमहानगरपालिका ६ लख्वारका ७० वर्षिया भागीराम चौधरीले भन्नुभयो “खेतबारी, वनपाखाको काम सक्यो भने फुर्सदका समयमा नदी, खोला तथा खोल्सामा माछा मार्ने गरिन्छ । माछा, घोंघी, गंगटाको परिकार थारु समुदायमा धेरै खाने चलन छ ।” यो खानपानले स्वास्थ्यलाई सन्तुलित, स्वस्थ बनाउनमा सहयोग गरेको उहाँको भनाइ हो।

घोराही ७ सिसहनियाका ७२ वर्षिया बेझलाल चौधरीको भनाइ यस प्रकार छ, “पहिलाको खानपानले पनि स्वस्थ, तन्दुरुस्त, बलियो हुन्थे नै, आयु पनि उत्तिकै लामो हुन्थ्यो।” अहिले खानपान पनि सीमित हुन थाल्यो, त्यो पनि बढी चिल्लो भुटुवा खाने प्रचलन बढेको र अहिलेको समय फेरिएको उहाँले बताउनुभयो । 

अहिले अधिकांश घरमा बिहान, दिउँसो र बेलुका तीन टाइम मात्र खाने चलन रहेको छ । अर्गानिक खानपानको ठाउँमा चिया बिस्कुट र रेडिमेड नास्ताले स्थान लिएको छ । विद्यालय, अफिसिसियल जागिर र सहरिया जीवनशैलीसँगै पाँच पटक खाने त्यो अर्गानिक खापनपानको परम्परा हराउँदै गएको हो । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

नारी सत्कार : दिव्य गुण र सुखमय समाजको आधार

नारी सत्कार : दिव्य गुण र सुखमय समाजको आधार

'यत्र नार्यस्तु पूज्यन्ते...' भन्ने उक्ति मनुस्मृतिको सबैभन्दा बढी उद्धृत गरिने र…