यूएनको फोर्स कमान्डर बने नेपाली सेनाका रथी श्रेष्ठ
१८ मंसिर, काठमाडौं । नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमान्डरमा नियुक्त भएका हुन्।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सकिएपछि श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेका हुन्।
वीरेन्द्र सैनिक अस्पतालको प्रशासनिक रजिस्ट्रार, नेपाली सेना मुख्यालयमा नीति तथा योजना निर्देशक भएर काम गरिसकेका श्रेष्ठले नेपाली सेनामा ३६ वर्षदेखि सेवा गर्दै आएका श्रेष्ठ दक्षिण सुडानमा सेक्टर पूर्वका लागि सेक्टर कमान्डर भएर काम गरिरहेका छन्। उनले सुदूरपश्चिम पृतनापति, रम्भार रथी भएर पनि काम गरेका छन् ।
श्रेष्ठले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयको इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडीजबाट सैन्य विज्ञान र रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट अर्थशास्त्रमा स्नातकोत्तर र मानविकी तथा सामाजिक विज्ञानमा स्नातक डिग्री पनि समेत प्राप्त गरिसकेका उनी यूएनको फोर्स कमान्डर बन्ने ८ औं नेपाली सैनिक हुन् ।