SamwadKhabar logo

               

विकास

‘ई–भोटिङ’ होला त ?

संवाद खबर

संवाद खबर

‘ई–भोटिङ’ होला त ?

पौष ६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनीतिक सहमति भए कम लागतमै ई–भोटिङ व्यवस्था गर्न सकिने विचार व्यक्त गर्नुभएको छ । 
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले शनिबार ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट, २०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सूचना प्रविधिको माध्यमबाट कम खर्चमै मतदान गर्ने व्यवस्था मिलाउन दबाब दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सूचना प्रविधिको युगमा पनि अर्बौं रकम खर्च गरेर मतपत्र छापेर मतदान गराएर नाम्लो लगाएर दुई दिन बोकेर ल्याउनुपर्ने बाध्यता छ, सूचना प्रविधिको माध्यमबाट कम खर्चमै मतदान गर्ने व्यवस्था मिलाउन दबाब दिनुपर्ने अवस्था छ ।” मन्त्री खरेलले डिजिटल रूपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

“पहिला पहिला मेरो गाउँमा बाटो चाहियो भनेर माग हुन्थ्यो तर अहिले डिजिटल मार्गका लागि माग बढ्दो अवस्था छ, मन्त्रालयमा फाइलको चाङ लागिरहेको छ । यस अवधिमा सूचना प्रविधिको क्षेत्रमा नीतिगत व्यवस्था र संरचनागत सुधारमा मेहनतसाथ काम गर्ने छौँ ।” भन्ने सञ्चारमन्त्री खरेलको भनाइ छ । 

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उद्यम गरिरहेका देशभरका प्रतिनिधिबिच व्यावसायिक रणनीति बनाउन, व्यवसायसम्बन्धी जिज्ञासा मेट्न, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यापार वृद्धि गरी देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले समिट आयोजना गरिएको क्यान महासङ्घले जनाएको छ ।

यसैगरी मन्त्री खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेको बताउनुभएको हो ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै

२३ माघ, काठमाडौं । काठमाडौंको हाडीगाउँमा रहेको ऐतिहासिक सम्पदास्थलमा गहना पोखरीको…

सडक सुरक्षाका लागि सात हजार ‘क्याट्स आई’ राख्दै काठमाडौं महानगर

सडक सुरक्षाका लागि सात हजार ‘क्याट्स आई’ राख्दै काठमाडौं महानगर

२२ माघ, काठमाडौं ।काठमाडौं महानगरपालिकाले सडकमा सात हजार क्याट्स आई राख्ने तयारी ग…

११ करोड लगानीमा दूधमति नदी विकास कार्यक्रम प्रारम्भ

११ करोड लगानीमा दूधमति नदी विकास कार्यक्रम प्रारम्भ

२१ माघ, काठमाडौं । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ११ करोड रुपैयाँको लागतको दूध…

स्वदेशमै निर्मित चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

स्वदेशमै निर्मित चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

२० माघ, काठमाडौँ । सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर च…