SamwadKhabar logo

विविध

मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरबाट मूर्ति र गरगहना चोरी

संवाद खबर

संवाद खबर

मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरबाट मूर्ति र गरगहना चोरी

२० पौष, काठमाडौं । मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित धार्मिक महत्त्वको संसारीमाई मन्दिरमा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिवार राति अज्ञात समूहले मन्दिरको च्यानल गेटमा लगाइएको ताल्चा फोडी देवीदेवताका मूर्ति, गरगहना तथा दानपेटिका चोरी गरेका हुन् ।

संसारी माताका दुईवटा मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दानपेटिकाको सिसा फोडी त्यसभित्र रहेको नगद चोरी भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले बताउनुभयो । उहाँका अनुसार दानपेटिकामा कति रकम थियो भन्ने भने विषयमा यकिन भइसकेको छैन ।

प्रहरीका अनुसार मन्दिर परिसरमा जडान गरिएको सिसिटिभी क्यामेरालाई छल्दै चोरी गरिएको देखिन्छ । 

हाल इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको नेतृत्वमा अनुसन्धान सुरु गरिएको छ । हालसम्म चोरीमा संलग्न व्यक्तिहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा प्रहरीले मन्दिर परिसरको मुचुल्का उठाउने, क्षतिग्रस्त ताल्चा तथा दानपेटिकाको अवस्था निरीक्षण गर्ने, सम्भावित चोरीको समय र तरिका पहिचान गर्ने काम गरिरहेको छ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

२५ माघ, काठमाडौं । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने…