SamwadKhabar logo

               

समाज

मन देखाउने दर्पण

संवाद खबर

संवाद खबर

मन देखाउने दर्पण

हिमालदृष्टि मासिक पत्रिका

गुरुकुलका आचार्य आफ्ना शिष्यको सेवाबाट निकै प्रभावित हुनुभएको थियो । शिक्षा सकिएपछि जब शिष्य घर जानलागे, गुरुले उनलाई आशीर्वाद-स्वरूप एउटा दर्पण दिनुभयो । त्यो सामान्य दर्पण थिएन। त्यो दिव्य ऐनामा कुनै पनि व्यक्तिको मनका भावनाहरू प्रतिविम्बित गर्ने क्षमता थियो ।

आफ्नो गाउँ पुगेपछि शिष्यले आफ्ना धेरै मिल्ने साथीहरू र अन्य परिचितहरूका अगाडि ऐना राखेर परीक्षण गर्यो। सबैको मनमा कुनै न कुनै नराम्रो गुण पक्कै देखिन्थ्यो । यसरी परीक्षण गर्दा पाएको सबै अनुभवले त्यो शिष्यलाई दुःखी बनायो। संसारमा सबै मानिस यति खराब किन भएका होलान् भनी ऊ निकै चिन्तित बन्यो। कोही पनि जस्तो देखिन्छन् त्यस्ता छैनन् । बाहिर एकखाले व्यवहार र भित्र अर्कै सोच भएका, सबै द्वैध चरित्र भएका मानिस मात्र छन् त ! मेरै आफन्त र साथीहरू पनि यस्तो दोहोरो चरित्रका छन् भने संसारमा अरु मानिस झन् कति दुष्ट होलान् !

निकै चिन्तित बनेर ऊ घर पुग्यो। त्यहाँ उसको ध्यान आफ्ना आमा-बुवामाथि गयो । समाजमा बुवाको ठूलो प्रतिष्ठा छ । मानिसहरूले आमालाई पनि वास्तवमै देवीको रूपमा हेर्छन् । पक्कै पनि यो संसारमा मेरा आमा-बुवा असल हुनुहुन्छ । एक पटक उहाँहरूको परीक्षण गर्नुपर्यो भनेर उसले आफ्ना आमा-बुवालाई त्यो ऐनामा हेर्न आग्रह गर्यो । परिणाम देखेर ऊ छक्कै पर्यो। उसका आमा-बुवा पनि दोषबाट पूर्णतया मुक्त छैनन् भन्ने थाहा पाएर ऊ निकै चिन्तित बन्यो ।
“सारा संसार झुटो छ । देखावटी कुरालाई पत्याएर चलिरहेको छ ।” यो कुरा उसलाई असह्य भयो । सहन नसकेर ऊ दोस्रो दिन बिहानै गुरुकुल पुग्यो। सिधै गएर आफ्ना गुरुजीका अगाडि उभियो। उसलाई अशान्त देखेर गुरुजीले सबै कुराको अनुमान लगाइसक्नु भएको थियो ।

शिष्यले नम्र भएर गुरुजीलाई भन्यो- "गुरुदेव, तपाईंले दिनुभएको ऐनाको सहाराले मैले सबैको हृदयको परीक्षण गरेँ। सबैमा विभिन्न प्रकारका दोषहरू छन् भन्ने मैले देखें। मैले अहिलेसम्म किन कुनै निर्दोष सज्जन भेटिनँ ? मेरा आमाबाबुमा समेत दुर्गुणको भण्डार देखेको छु भन्नुपर्दा म निकै दुःखी छु। यसले मेरो मनलाई निकै चिन्तित तुल्याएको छ।”

उसका कुरा सुनेर गुरुजी हाँस्नुभयो । उहाँले त्यो दर्पण त्यही शिष्यतर्फ घुमाइदिनुभयो । दर्पणमा आफ्नो हृदयको प्रतिबिम्ब देखेर त्यो विद्यार्थी छक्क पर्यो। उनको मनको हरेक कुना आसक्ति, घृणा, अहंकार, लोभ, क्रोध जस्ता दुर्गुणहरूले भरिएको थियो। यस्तो कुनै कुना थिएन जुन शुद्ध होस् ।

यसरी शिष्य छक्क परेको देखेर गुरुजीले भन्नुभयो-"बाबु ! मैले त तिमीलाई यो ऐना आफ्नो हृदय हेर्नका लागि दिएको थिएँ। त्यहाँ नियाल्दा देखिने दुर्गुण देखेर तिमीले आफ्नो जीवन सुधार्नेछौ भन्ने आशा थियो । तर तिमी आफूलाई नहेरेर अरुको खोट खोज्नतिर लाग्यौ । अरुको दुर्गुण हेर्नुभन्दा पनि त्यति समय आफूलाई सुधार्नमा खर्चेको भए अहिलेसम्म तिम्म्रो व्यक्तित्वमा परिवर्तन आइसकेको हुने थियो। मानिसको सबैभन्दा ठूलो कमजोरी के हो भने उसलाई अरुमा खोट खोज्नमा बढी रुचि हुन्छ। आफूलाई सुधार्नेतिर उसको सोच पुग्दै पुग्दैन। यो मैले दिएको दर्पणको पाठ हो जुन तिमीले बुझ्न सकेनौ ।"

संसारमा किन यति धेरै दुर्गुण छ भनेर चिन्ता गर्नुको साटो हामीले आफूमा भएका दुर्गुण खोज्न र आफूमा सुधार ल्याउनतिर ध्यान दिनसके हाम्रो व्यक्तित्वमा मात्रै होइन समाजमै पनि परिवर्तन आउँछ। हाम्रा लागि कविशिरोमणि लेखनाथ पौड्यालज्यूको कविताका निम्न पङ्क्ति अत्यन्त सान्दर्भिक छन्-
 


मेरा जीवन-पुष्पको जगतले पाओस् मिठो बासना

आओस् सौरभ विश्वको पनि ममा भन्ने भए चाहना ।

आफूमा तिमि दोष खोज, गुणको गर्दीपना दूर होस्

अर्काका गुण खोज, दोषहरूको चर्चा चियो क्यै नहोस् ।।


- हिमालदृष्टि मासिक पत्रिका २०७९ पौष
 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…