SamwadKhabar logo

समाचार

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

संवाद खबर

संवाद खबर

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाको २१ स्थानमा प्रदर्शन हुने जात्रा सूर्यमढीबाट सुरु गर्ने परम्परा छ ।

सूर्यमढीमा जात्रा गर्नुअघि गत पुस मसान्तको दिन ‘वापी पाछाकिगु’ जात्रा गरिएको थियो भने माघे सङ्क्रान्तिको साँझ देवगणले सूर्यमढी टोल परिक्रमा गरी राति खःप्याखं (नाच) प्रदर्शन गरी च्याम्हासिंह क्षेत्रमा ‘मुःवाहा जात्रा’ गरिएको थियो । जात्राका क्रममा जात्रा हुने स्थानमा टोल परिक्रमा सकेपछि राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको ‘खःप्याखं’ प्रदर्शनी, ‘मुःवाहा जात्रा’ र ‘चाःप्याखं’ (रात्रि नाच) हुने परम्परा रहेको छ ।

नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले त्यहीअनुसार आज सूर्यमढीमा बाराही प्याखंस सिम्ह दुम्हको प्याखं तथा ङालाकेगु जात्रा हुने बताए । उनका अनुसार आज दिउँसो महाकाली प्याखंः साँझ महाकाली र श्वेत भैरवको ‘गा तोकेगु प्याखं’ (खास्तो निकाल्ने नाच), हुन्छ । त्यसपछि सिम्ह दुम्ह र श्वेत भैरवको ‘ना होलेगु प्याखं’ (पानी निकाल्ने नाच)सँगै श्वेत भैरवको ङालाकेगु जात्रा हुनेछ ।

ङालाकेगु जात्रा सकेपछि सिम्ह दुम्ह र श्वेत भैरवको ‘प्वास्याकेगु प्याखं’ (पेट दुखाउने नाच०ः बालकुमारी (इन्द्रायणी) र श्वेत भैरवको ‘मतिना प्याखं’ (मायाको नाच०ः सिम्ह दुम्ह र श्वेत भैरवको ‘वस हियेगु प्याखं’ ९लुगा धुने नाच० र अन्तमा श्वेत भैरवको प्याखं प्रदर्शनी हुने वनमालाले जानकारी दिए । रासस

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

उदयपुरमा एचपीभी खोप लगाइँदै

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…