SamwadKhabar logo

समाज

इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला

संवाद खबर

संवाद खबर

इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला

४ माघ, काठमाडौं । इन्डोनेसियाका उद्धारकर्ताहरूले आइतवार हराएको एउटा सानो यात्रुवाहक विमानको भग्नावशेष पहाडी क्षेत्रमा फेला पारेका छन् । उक्त विमान अघिल्लो दिन खराब मौसम र बाक्लो कुहिरोका कारण दृश्यता घटेको अवस्थामा सुलावेसी टापुको दुर्गम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको विश्वास गरिएको छ । प्रारम्भिक जानकारीअनुसार विमानमा ११ जना सवार थिए ।

टर्बोप्रप एटीआर ४२–५०० विमान इन्डोनेसिया एयर ट्रान्सपोर्टद्वारा सञ्चालन गरिएको थियो । यो विमान इन्डोनेसियाको मुख्य टापु जाभास्थित योगाकार्ताबाट दक्षिण सुलावेसी प्रान्तको राजधानी मकस्सरतर्फ उडिरहेको थियो । शनिबार गन्तव्यतर्फ नजिकिँदै गर्दा एयर ट्राफिक कन्ट्रोलले अप्रोच एलाइनमेन्ट सुधार गर्न निर्देशन दिएको केही समयपछि उक्त विमान रडारबाट हराएको थियो ।

उक्त विमानलाई अन्तिम पटक शनिबार दिउँसो ०१ः१७ बजे दक्षिण सुलावेसी प्रान्तको पहाडी जिल्ला मारोसको लेङ–लेङ क्षेत्र वरिपरि ट्र्याक गरिएको थियो । विमानमा आठ जना चालक दलका सदस्य तथा समुद्री मामिला तथा मत्स्यपालन मन्त्रालयका तीन जना यात्रु सवार थिए । ती यात्रुहरू हवाई समुद्री निगरानी मिसनको एक हिस्साका रूपमा यात्रामा रहेको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् ।

आइतबार बिहान वायु सेनाको हेलिकप्टरमार्फत खटिएको उद्धार टोलीले माउन्ट बुलुसराउङको ढलानस्थित घना वन क्षेत्रमा सानो विमानको झ्याल जस्तो देखिने वस्तु देखेको मकस्सरको खोजी तथा उद्धार विभागका प्रमुख मुहम्मद आरिफ अनवरले जानकारी दिए । त्यसपछि जमिनमा रहेका उद्धारकर्ताहरूले पहाडको उत्तरी ढलानतर्फ विमानको मुख्य धड र पुच्छरसँग मेल खाने ठूला–ठूला भग्नावशेषहरू छरिएका अवस्थामा फेला पारेका उनले पत्रकार सम्मेलनमा बताए ।

“विमानको मुख्य भाग फेला पर्नुले खोजी क्षेत्रलाई उल्लेखनीय रूपमा सङ्कुचित गरेको छ र आगामी खोजीलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण सुराग प्रदान गरेको छ”, अनवरले भने । उनका अनुसार संयुक्त खोजी तथा उद्धार टोलीहरू अब पीडितहरूको खोजीमा केन्द्रित छन्, विशेष गरी सम्भावित रूपमा जीवित रहन सक्ने व्यक्तिहरूको उद्धारलाई प्राथमिकतामा राखिएको छ ।

दक्षिण सुलावेसीका हसनुद्दीन सैन्य कमान्डर मेजर जनरल बाङ्गुन नवोकले तीव्र हावा, भारी कुहिरो तथा अत्यन्तै ठाडो र दुर्गम भूभागका कारण खोजी कार्य सुस्त भएको जानकारी दिए । यद्यपि, कठिन परिस्थितिका बाबजुद स्थल तथा हवाई उद्धार टोलीहरू आइतबार निरन्तर रूपमा भग्नावशेष स्थलतर्फ अघि बढिरहेका छन् ।

राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीले आइतबार सार्वजनिक गरेका तस्बिर तथा भिडियोहरूमा उद्धारकर्ताहरू बाक्लो कुहिरोले ढाकिएको साँघुरो र ठाडो पहाडी रिजलाइन हुँदै पदयात्रा गर्दै छरिएका भग्नावशेषसम्म पुग्न प्रयास गरिरहेको देखिन्छ ।

सत्र हजारभन्दा बढी टापुहरू मिलेर बनेको इन्डोनेसिया देशभित्रको आवागमनका लागि हवाई यातायात तथा जल यातायातमा अत्यधिक निर्भर छ । दक्षिणपूर्वी एसियाली यो मुलुक हालका वर्षहरूमा विमान तथा बस दुर्घटनादेखि लिएर फेरी डुब्ने घटनासम्म विभिन्न यातायात दुर्घटनाबाट पटक–पटक प्रभावित हुँदै आएको छ । – रासस
 
ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…