SamwadKhabar logo

               

दुर्घटना

फिलिपिन्सको डुंङगा दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु , २८ बेपत्ता

संवाद खबर

संवाद खबर

फिलिपिन्सको डुंङगा दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु , २८ बेपत्ता

माघ १२, काठमाडौं । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा ३५० भन्दा बढी यात्रु बोकेको एउटा डुङ्गा पल्टिएको छ । 

फिलिपिन्सको तटरक्षक दस्ताले यस डुंगामा ३ सय ३२ यात्रु र २७ जना चालक दलका सदस्य सवार रहेको जनाएको छ । दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सोमबार मध्यराति जाम्बोआङ्गा बन्दरगाह शहरबाट दक्षिणी सुलुस्थित जोलो टापुतर्फ जाँदै एमभी त्रिशा केर्स्टिन ३ नामक यात्रुवाहक डुङगा दुर्घटनामा परेको हो । स्थानीय समयअनुसार सोमबार बिहान १ ५० बजे यस डुंगाले खतराको संकेत जारी गरेको थियो । 

दक्षिणी मिन्डानाओ जिल्लाका तटरक्षक कमाण्डर रोमेल दुआले एएफपी समाचार संस्थालाई बताएअनुसार अहिलेसम्म कम्तिमा ३१६ जनाको उद्धार गरिएको छ, जसमध्ये १५ जनाको मृत्यु भएको पुष्टि भएको छ र २८ जना अझै बेपत्ता छन् ।

मिन्डानाओका तटरक्षक कमाण्डर दुआले डुङ्गा डुब्नुको कारण तत्काल स्पष्ट नभएको र यसबारे अनुसन्धान गरिने बताए। जाम्बोआङ्गा बन्दरगाह छोड्नुअघि तटरक्षकले डुङ्गा खाली गराएको र त्यहाँ ओभरलोडिङको कुनै संकेत नदेखिएको उनले बताए । बासिलानका आपतकालीन उद्धारकर्ताहरूले उद्धार गरिएकाहरूलाई आवश्यक उपचारका लागि राजधानी इसाबेलास्थित अस्पतालमा ल्याइएको छन् ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

१९ फागुन, कामाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आए…

नैकाप र सुकेधारमा दुई गाडीमाथि आगजनी

नैकाप र सुकेधारमा दुई गाडीमाथि आगजनी

१९ फागुन, काठमाडौं । काठमाडौँको नैकाप र सुकेधारामा दुई वटा गाडीमा आगजनी गरिएको …

धादिङमा दुईवटा बस ठोक्किएर यात्रुहरु घाइते

धादिङमा दुईवटा बस ठोक्किएर यात्रुहरु घाइते

२५ माघ, काठमाडौं । मुग्लिङकाठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका६ दसकिलो…

बस र ट्याक्टर ठोक्किँदा रुपन्देहीमा २१ विद्यार्थी घाइते

बस र ट्याक्टर ठोक्किँदा रुपन्देहीमा २१ विद्यार्थी घाइते

माघ २०, काठमाडौं । रुपन्देहीको ओमसतियामा मंगलबार बिहान स्कुल बस र ट्याक्टर एकआपसमा …