SamwadKhabar logo

               

समाचार

जापान जाँदा सजग रहन आग्रह

संवाद खबर

संवाद खबर

जापान जाँदा सजग रहन आग्रह

माघ १२, काठमाडौं ।  वैदेशिक रोजगार विभागले पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको छ । 

विभागले ब्याचलर, कुक तथा सिपयुक्त श्रमिकलगायतका भिसामा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने श्रमिक अत्यधिक मात्रामा ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको छ। दूतावासको पत्रमा व्यक्तिगत श्रम स्वीकृति लिई जापान जानेलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका विभिन्न कन्सल्टेन्सी, संस्था तथा व्यक्तिले जापानमा काम लगाइदिने भन्दै पठाउने गरेका छन् ।

टोकियोस्थित नेपाली दूतावासका अनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर आउनेलाई चर्को शुल्क लिने, भने अनुसार काम र तलब नपाउने गरेको उजुरी धेरै आएका छन् । दूतावासमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापानमा आएका व्यक्तिका उजुरीका चाङ भएकाले यसलाई व्यवस्थित बनाउन विभागलाई पत्राचारसमेत गरेको जनाइएको छ । 

विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीको अनुसार विभिन्न प्रकारका भिसा तथा रोजगारीसम्बन्धी कागजात बनाई व्यक्तिगत श्रम स्वीकृतिको आवेदन गरिदिने र चर्को शुल्क असुली गरेको उजुरी विभागमा आउने गरेको हो ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका कोही कसैले यस्तो कानुनविपरीत कार्य नगर्न विभागले सचेत गराएको छ । सार्वजनिक सूचना जारी गर्दै विभागले व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने श्रमिकलाई सचेत रहन आग्रह गरेको हो । 
 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लुम्बिनीमा 'प्रार्थना तथा पुण्य उद्यान' परियोजनाको शुभारम्भ, १० हजार चिनियाँ पर्यटक नेपाल ल्याइने

लुम्बिनीमा 'प्रार्थना तथा पुण्य उद्यान' परियोजनाको शुभारम्भ, १० हजार चिनियाँ पर्यटक नेपाल ल्याइने

चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहका बीच 'लुम्…

पूर्वयुवराज्ञी हिमानीद्वारा केराबाट फाइबर बनाउने प्लान्टको अवलोकन

पूर्वयुवराज्ञी हिमानीद्वारा केराबाट फाइबर बनाउने प्लान्टको अवलोकन

२८ फागुन, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले कीर्तिपुरस्थित कृतिनारी केरा फाइबर…