SamwadKhabar logo

               

गण्डकी प्रदेश

स्थगित गरियो गणपति डिलक्स बसको उत्खनन

संवाद खबर

संवाद खबर

स्थगित गरियो गणपति डिलक्स बसको उत्खनन

माघ १४, काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार उत्खनन सुरु भएको १७औँ दिनमा स्थगित गर्ने निर्णय गरिएको हो। बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न समस्या भएपछि काम रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो । 

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव कङ्काल भेटिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । 

विसं २०८१ असार २८ गते चिृतवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस नदीमा हराएको थियो । उक्त बस गत पुस २६ गते तनहुँतर्फ नदी किनारमा भेटिएको थियो । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

कास्कीमा ४ हजार ६९८ मत बदर

कास्कीमा ४ हजार ६९८ मत बदर

२५ फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा…

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

१५ फागुन, काठमाडौं । नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ ।…

स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा

स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा

१५ फागुन, काठमाडौं । स्याङ्जा जिल्लाका ८ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । ४४ औ…