SamwadKhabar logo

               

मधेश प्रदेश

नक्कली भारुसहित दुई जना रौतहटमा पक्राउ

संवाद खबर

संवाद खबर

नक्कली भारुसहित दुई जना रौतहटमा पक्राउ

माघ १४, काठमाडौं ।  सशस्त्र प्रहरी बल, नेपालले रौतहटको सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
 
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा शङ्कास्पद नोटसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारत, जिल्ला सितामढी पर्सौनी बस्ने अन्दाजी ४२ वर्षीय राकेश कुमार साह र जिल्ला सितामढी सिभवर परिषद–४ बस्ने अन्दाजी ३० वर्षीय विक्रम कुमार पासवान रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताएका थिए। उनीहरूले प्रयोग गरेको विआर ३० ए एफ ५७३१  नम्बरको मोटरसाइकल समेत बरामद गरियो । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरका प्रमुख डिएसपी प्रेमसागर विष्टका अनुसार शङ्कास्पद नोटसहित उनीहरूको साथबाट सक्कली भारु १७७ रुपैयाँ, मोटरसाइकल र दुई थान एन्ड्रोइड मोबाइल समेत बरामद गरिएको थियोे। जाँचका क्रममा उनीहरूको साथबाट भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली जस्तो देखिने नोट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद रकममध्ये ५०० दरको १ थान र २०० दरको १० थान नोट रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

१९ फागुन, काठमाडौं । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाक…

मिथिलाञ्चलमा आजदेखि होली

मिथिलाञ्चलमा आजदेखि होली

१२ फागुन, जलेश्वर (महोत्तरी) । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा न…

११ करोड लगानीमा दूधमति नदी विकास कार्यक्रम प्रारम्भ

११ करोड लगानीमा दूधमति नदी विकास कार्यक्रम प्रारम्भ

२१ माघ, काठमाडौं । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ११ करोड रुपैयाँको लागतको दूध…

नक्कली भारुसहित दुई जना रौतहटमा पक्राउ

नक्कली भारुसहित दुई जना रौतहटमा पक्राउ

माघ १४, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले रौतहटको सीमावर्ती क्षेत्रमा नक्कली भारती…