SamwadKhabar logo

               

विश्व

इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता

संवाद खबर

संवाद खबर

इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता

१४ माघ, काठमाडौं ।  इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीहरूले बुधबार जनाएका छन्। भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौं घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौं विस्थापित भएको जनाइएको छ।

मङ्गलबार साँझ ७ः३० बजे सम्म, ३४ जना पीडितको पहिचान गरिएको राष्ट्रिय प्रकोप शमन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले पुष्टि गर्नु भएको छ।

“पहिचान गरिएका शवहरू दाहसंस्कारका लागि पीडितका परिवारलाई छिटै हस्तान्तरण गरिने उनले बताएका छन्। यस अघि बेपत्ता व्यक्तिहरूको सङ्ख्या ३२ पुगेको जनाइएकोमा संशोधन गरिएको जनाउदै स्थानीय अधिकारीहरूले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने सङ्केत गरेका छन्।

उद्धारकर्ताहरूले जाभा टापुको पश्चिम बान्दुङ क्षेत्रको अस्थिर क्षेत्रमा भारी उपकरणहरू प्रयोग गरेर खोजी गरिरहेको जनाइएको छ।

यद्देपी खराब मौसमका कारण अर्को पहिरोको डरले तिनीहरू सावधानीपूर्वक काम गरिरहेको जनाइएको छ। स्थानीय अधिकारीहरूका अनुसार यस प्रकोपले ५० भन्दा बढी घरहरूलाई गम्भीर क्षति पुर्याएको छ भने ६५० भन्दा बढी मानिस विस्थापित भएका छन्।

पश्चिम जाभाका गभर्नर डेडी मुल्यादीले प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। गत वर्षको अन्त्यमा सुमात्रा टापुमा गएको बाढी र पहिरोमा वनको क्षति हुँदा करिब एक हजार २०० मानिसहरुको मृत्यु हुनुका साथै दुई लाख ४० हजार भन्दा बढी विस्थापित भएको सरकारले जनाएको छ।

यस्ता प्रकोपहरू वर्षाको मौसममा विशाल इन्डोनेसियाली द्वीपसमूहमा सामान्यतया अक्टोबरदेखि मार्चसम्म बारम्बार चलिरहने बताइएको छ। रासस

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता

अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता

माघ २२, काठमाडौं । अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता हुने भएको छ । ओमानमा व…

अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको चार लाख १५ हजार स्न्यापच्याट खाता बन्द

अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको चार लाख १५ हजार स्न्यापच्याट खाता बन्द

१९ माघ, काठमाडौं ।अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताहरूको सामाजिक सञ्जाल प्रयोगमा…

टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनमा

टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनमा

१४ माघ, काठमाडौं । भारत र श्रीलङ्कामा हुन गइरहेको आइसिसी टी२० विश्वकपको प्रत्यक्ष प्रस…

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल सजाय

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल सजाय

१४ माघ, काठमाडौं । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई …