SamwadKhabar logo

समाज

साम्राज्ञी मोक्तान बनिन् १८ मिस तामाङ

संवाद खबर

संवाद खबर

साम्राज्ञी मोक्तान बनिन् १८ मिस तामाङ

१८ माघ, काठमाडौं ।  काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तान १८ औं मिस तामाङको ताज पहिरिनुभएको छ । शनिवार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यस पटकको ताज उहाँलाई  १७ मिस तामाङ अन्जु थोकरले पहिरिनुभएको हो । 

मिस तामाङ विजेताले नगद ५० हजार रुपियाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पार्नुभयो । मिस कन्फिडेन्ट, भ्युअर चोइस टाइटलसमेत हात पारेकी मोक्तानले नेपाललाई साँस्कृतिक रुपमा संसारमा चिनाउन चाहनुहुन्छ भने के के गर्नुहुन्छ रु भन्ने प्रश्नमा मोक्तानले निर्णायकको मन जित्नुभयो । नेपाल विविधतायुक्त देश भए पनि एकताको धनी देश भएको उहाँको उत्तर थियो । 

म नेपाललाई बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकको रुपमा प्रस्तुत गर्छु। हाम्रो विविधता भित्रको एकता र धर्मनिरपेक्षताले हामीलाई निकै गर्व महसुस गराउँछ। हाम्रो सेलोको धड्कन र साकेलाको धुनले एक बनाएको छ। १२० भन्दा बढी भाषाहरु विना कुनै अवरोध बोलिन्छ। हामी एकअर्कालाई माया आदरसाथ बोल्छौ। हाम्रो पहिरनको सुन्दरता र लालित्यले संस्कृतिक महत्व बोकेको छ, मोक्तानले जवाफमा भन्नुभयो । 

निर्णायकमा वरिष्ठ संगीतकार प्रदिप बमजन, पूर्व मिस तामाङ सफलता थिङ, शेषराज भट्टराईलगायत हुनुहुन्थ्यो । इन्जिनियर बन्ने सपना बोकेकी १८ वर्षीया मोक्तानले परिवारको माया र साथले यो सफलता पाउनुभएको छ । अबका दिन महिला सशक्तीकरणमा काम गर्ने उहाँको भनाइ छ । 

प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनर अप बन्नुभयो । सृष्टि थिङ तामाङ सेकेन्ड रनर अप बन्नुभयो । त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनर अप बन्नुभयो । फस्ट रनर अपलाई ३० हजार, सेकेन्ड रनर अपलाई २० हजार र थर्ड रनर अपलाई १० हजार रुपियाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिएको आयोजक मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जता लामाले बताउनुभयो । 

विजेताहरुलाई प्रमुख अतिथि फुर्वा खेन रिम्पोछे तामाङ र नायक अमिर दोङले टाइटल तथा पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगितामा मिस फोटो जेनिकको टाइटल सृष्टि थिङ तामाङ, मिस ट्यालेन्टको टाइटल देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडियाको उपाधि एश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयरको टाइटल सुजिना गोङ्बा तामाङ, मिस पर्सनलिटीको उपाधि कबिना वाइबा तामाङ, मिस डिसिप्लेनको टाइटल पुजा जिम्बा तामाङ, ब्युटिफुल हेयरको उपाधि र बेस्ट स्माइलको उपाधि सोर्णिमा थिङ तामाङले हात पार्नुभयो । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…