SamwadKhabar logo

समाचार

तनहुँ जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन

संवाद खबर

संवाद खबर

तनहुँ जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन

१९ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष हितेन्द्र देव शाक्यले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । 

निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले आयोजनाका विभिन्न प्याकेजअन्तर्गत भइरहेका कामहरूको मसिनो गरी अवलोकन गर्दै निर्माण कार्यलाई तोकिएकै समयतालिकाभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

कार्यकारी निर्देशक शाक्य नेतृत्वको उच्चस्तरीय टोलीले आइतबार प्याकेज–१ अन्तर्गतको मुख्य बाँध निर्माण स्थल, प्याकेज–२ अन्तर्गतको विद्युतगृह, मुख्य सुरुङ र इन्टेक लगायतका महत्त्वपूर्ण संरचनाहरूको अवलोकन गरेको थियो । सो अवसरमा शाक्यले आयोजनाको भौतिक प्रगतिबारे जानकारी लिँदै राष्ट्रिय गौरवको यो आयोजनाले मुलुकको ऊर्जा क्षेत्रमा ठूलो महत्व राख्ने भएकाले निर्माणमा संलग्न सबै पक्षलाई पूर्ण जिम्मेवारी र तत्परताका साथ खटिन आग्रह गर्नुभयो । उहाँले निर्माणका क्रममा आइपर्ने प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरूलाई तत्काल समाधान गर्दै कामको गतिलाई अझ तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

आयोजनाको प्रगतिबारे चर्चा गर्दै आयोजना प्रमुख श्यामजी भण्डारीले प्याकेज–१ अन्तर्गत बाँध निर्माणको कार्य ४७ प्रतिशत पुगेको र १४० मिटर अग्लो बाँधको कङ्क्रिटिङ कार्य सुरु भइसकेको जानकारी दिनुभयो । यसैगरी, प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको विद्युतगृह र भूमिगत संरचनाको काम ७२.५ प्रतिशत सकिएको छ भने प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको प्रगति ७४।५ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।

कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपियन लगानी बैंक र नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी रहेको छ । 

राष्ट्रिय प्रणालीको भार व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखिएको यो जलाशययुक्त आयोजनालाई निर्धारित समयभित्रै सञ्चालनमा ल्याउन नेतृत्व तहबाट निरन्तर निगरानी र निर्देशन भइरहेको छ । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

उदयपुरमा एचपीभी खोप लगाइँदै

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…