SamwadKhabar logo

               

विश्व

अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको चार लाख १५ हजार स्न्यापच्याट खाता बन्द

संवाद खबर

संवाद खबर

अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको चार लाख १५ हजार स्न्यापच्याट खाता बन्द

१९ माघ, काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताहरूको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनअनुसार स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको छ। १० डिसेम्बर सन् २०२५ मा लागू गरिएको कानून अनुसार सोमवार राति कम्पनीले यति ठूलो संख्यामा खाता बन्द गरेको  जानकारी दिएको हो । 

स्न्यापच्याट, मेटा, टिकटक र युट्युब जस्ता प्लेटफर्महरूले नयाँ कानुन अनुसार नाबालिग प्रयोगकर्ताको खाता रोक्नुपर्छ । उक्त कानुन १० डिसेम्बर सन् २०२५ मा लागू भएको थियो ।

यद्यपि, केही किशोर–किशोरीहरूले उमेर प्रमाणीकरण प्रणाली छल्न सक्ने कम्पनीले चेतावनी दिएको छ। कम्पनीहरूले कानुन पालना नगरेमा करिब ४९ करोड ५० लाख अस्ट्रेलियन डलर जरिवाना तिर्नुपर्ने छ ।

अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले गत महिनामा प्रविधि कम्पनीहरूले चार लाख ७० हजार खाता पहिले नै ब्लक गरेको बताएको थियो ।

जनवरी अन्त्यसम्म, स्न्यापच्याटले १६ वर्षमुनिका चार लाख १५ हजार खाता बन्द गरेको जनाएको छ ।
केही १६ वर्षमुनिका किशोर(किशोरीहरूले सुरक्षा प्रणाली छल्न सक्छन् भने केही १६ वर्षभन्दा बढी उमेरका प्रयोगकर्ताले अनावश्यक रूपमा पहुँच गुमाउन सक्छन् ।

स्न्यापच्याटले मेटासँग मिलेर अस्ट्रेलियालाई एप्लिकेसन पसलमा उमेर जाँच अनिवार्य गर्न सुझाव दिएको छ । कम्पनीका अनुसार प्रमाणीकरण प्रणालीले सुरक्षा थप मजबुत बनाउनेछ ।

कम्पनीले पूर्ण प्रतिबन्ध उपयुक्त उपाय नभएको र आफ्नो प्लेटफर्मलाई सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा राख्नु आवश्यक नभएको बताएको छ ।

स्न्यापच्याटले भनेको छ, ‘हाम्रो एप मुख्यतः युवा प्रयोगकर्तालाई नजिकका साथी र परिवारसँग जडित राख्न प्रयोग हुन्छ । ती सम्बन्ध बिच्छेद गर्दा उनीहरू सुरक्षित र खुशी हुने छैनन् ।’ राससरएएफपी


 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता

अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता

माघ २२, काठमाडौं । अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता हुने भएको छ । ओमानमा व…

अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको चार लाख १५ हजार स्न्यापच्याट खाता बन्द

अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको चार लाख १५ हजार स्न्यापच्याट खाता बन्द

१९ माघ, काठमाडौं ।अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताहरूको सामाजिक सञ्जाल प्रयोगमा…

टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनमा

टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनमा

१४ माघ, काठमाडौं । भारत र श्रीलङ्कामा हुन गइरहेको आइसिसी टी२० विश्वकपको प्रत्यक्ष प्रस…

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल सजाय

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल सजाय

१४ माघ, काठमाडौं । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई …