२० माघ, काठमाडौं । नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका पुगेका छन्। फेम नेपालको तत्वाधानमा अब हास्छ अमेरिका भाग २ लिएर ५ जना हास्य कलाकारहरु अमेरिका पुगेका हुन् ।
अमेरिकाको व्यस्त जीवनमा रहनुभएका नेपालीहरुलाई हसाउनका लागि कोशेली लिएर टोली आएको फेम नेपालले शुक्रवार गरेको पत्रकार सम्मेलनमा कलाकारहरूले जानकारी दिएका हुन् ।
हाल कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय कलाकारहरु भरतमणी पौडेल, सुमन कोईराला ,सुमन कार्की, मेक्सम गौडेल र कैशाल कार्की अमेरिका पुगेका छन् ।
नेपालका संचालक विमल पछाईका अनुसार हास्यकलाकारहरूको टोलीले अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुतीमार्फत नेपालीहरुलाई हसाउने उद्देश्य रहेको छ ।
सनराईज ईन्टरटेईमेन्टसँगको सहकार्यमा अमेरिका टुर अघि बढाईएको जानकारी दिदैं पछाईले विभिन्न शहरहरुमा स्थानीय आयोजकलाई समावेश गरेर कार्यक्रम गर्ने बताउनुभयो ।
फ्रेबुअरीको पहिलो साताबाट सुरु हुने कार्यक्रम अमेरिकाका १४ बढि ठाँउमा हुने जनाइएको छ । कतिपय कार्यक्रमको मिति तय भैसकेको र कतिपय तय गर्ने क्रममा रहेकाले थप कार्यक्रम कुन शहरमा कहिले हुँदैंछ भन्ने सन्दर्भमा जानकारी गराउँदै जाने नेपालका संचालक पछाईले जानकारी दिनुभयो ।