SamwadKhabar logo

               

विकास

स्वदेशमै निर्मित चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

संवाद खबर

संवाद खबर

स्वदेशमै निर्मित चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

२० माघ, काठमाडौँ । सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजानिक गर्ने तयारी गरेको छ । 

कम्पनीका अध्यक्ष भेष थापाका अनुसार कम्पनीले काठमाडौंको सडकमा नेपालमा नै उत्पादित ईभीको परीक्षण आउदो हप्तामा गर्ने  तयारी गरिएको छ । 

नेपालमा ११ र १४ सिट क्षमताका सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित सवारी एसेम्बल गर्न शुरु गरिएको कम्पनीका अध्यक्ष थापाले बताउनुभयो । कम्पनीले २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ ।

ईभी सवारीको प्रवद्र्धन गर्ने सोचसहित कम्पनीले नेपालमा पहिलोपटक सुन्दर चार्जिङ स्टेशन स्थापना गरेर सञ्चालनमा ल्याएको थियो । सोही क्रममा तीन पाङ्ग्रे सवारीलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणा विकास भएर नयाँ सवारी एसेम्बल गर्ने कार्य अगाडी बढाएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमणपछि यो परियोजना अघि बढाइएको छ । 

सुन्दर अटो इन्जिनियर प्रा।लि।ले निर्माण गरेको १४ सिटर ईभीमा एसी, पंखा जडान गर्न मिल्ने, सिसा जडित संरचना रहेको छ । सवारीले १४ यात्रु र प्रतिव्यक्ति ५० केजी भारसहित १७ डिग्री उकालो चढ्नसक्ने क्षमता राख्दछ । मुख्य रूपमा सहर केन्द्रित यो सवारी काठमाडौं उपत्यका, तराई तथा देशका प्रमुख शहरमा सञ्चालन गर्न उपयुक्त रहेको कम्पनीका अध्यक्ष थापाले बताउनुभयो । 
 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

महराजगंजस्थित भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा

महराजगंजस्थित भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा

१४ फागुन, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड त…

नवलपरासी पूर्वमा तीन हजार ७४६ हेक्टरमा तोरी खेती

नवलपरासी पूर्वमा तीन हजार ७४६ हेक्टरमा तोरी खेती

१४ फागुन, काठमाडौं । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन ९तोरी० बालीतर्फ…

गुल्मीका ६१ हजार घरधुरीमा विद्युत सेवा

गुल्मीका ६१ हजार घरधुरीमा विद्युत सेवा

७ फाल्गुण, काठमाडौं । गुल्मी जिल्लामा हालसम्म ६१ हजार घरधुरीमा विद्युत सेवा विस्तार भ…

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै

२३ माघ, काठमाडौं । काठमाडौंको हाडीगाउँमा रहेको ऐतिहासिक सम्पदास्थलमा गहना पोखरीको…