SamwadKhabar logo

               

गण्डकी प्रदेश

यस वर्ष तनहुँमा ४५ करोड भन्दाबढीको सुन्तला बिक्री

संवाद खबर

संवाद खबर

यस वर्ष तनहुँमा ४५ करोड भन्दाबढीको सुन्तला बिक्री

माघ २१, काठमाडौं । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड आम्दानी गरेका छन् । 

कृषि विकास कार्यालयका बाली संरक्षण एवं सूचना अधिकारी किरण परियारका अनुसार जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट उत्पादन भएको हो । उनका अनुसार एघार हजार ८२१ दशमलव सात मेट्रिकटन उत्पादन भएकामा औपचारिक रूपमा पाँच हजार ८२१ दशमलव नौ मेट्रिकटन सुन्तला उत्पादन बिक्री हुँदा उक्त कारोवार भएको हो ।

जिल्लाको आँबुखैरेनी, घिरिङ्ग, देवघाट, भीमाद, म्याग्दे, ऋषिङ्ग, बन्दीपुर, व्यास र शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्र सुन्तलाखेतीका लागि पकेट क्षेत्रको प्रख्यात मानिन्छन् । सुन्तला उत्पादनबाट राम्रो आम्दानी गर्न थालेपछि सुन्तलाखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए ।

तनहुँमा उत्पादित अधिकांश सुन्तला दमौली, पोखरा र काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका थिए । त्यसका कारण किसान बिक्रीका लागि बजारको समस्या खेप्नु नपर्दा थप उत्साहित देखिएका हुन् । किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रूपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरण गरी प्रोत्साहन गर्दै आएको सो कार्यालयले जनाएको छ ।

गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो ।
 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

सात हजार प्रहरी गण्डकीमा परिचालन

सात हजार प्रहरी गण्डकीमा परिचालन

माघ २३, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रद…

यस वर्ष तनहुँमा ४५ करोड भन्दाबढीको सुन्तला बिक्री

यस वर्ष तनहुँमा ४५ करोड भन्दाबढीको सुन्तला बिक्री

माघ २१, काठमाडौं । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड …

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

२० माघ, काठमाडौं । पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्य…

स्थगित गरियो गणपति डिलक्स बसको उत्खनन

स्थगित गरियो गणपति डिलक्स बसको उत्खनन

माघ १४, काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा …