SamwadKhabar logo

               

विकास

सडक सुरक्षाका लागि सात हजार ‘क्याट्स आई’ राख्दै काठमाडौं महानगर

संवाद खबर

संवाद खबर

सडक सुरक्षाका लागि सात हजार ‘क्याट्स आई’ राख्दै काठमाडौं महानगर

२२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा सात हजार ‘क्याट्स आई’ राख्ने तयारी गरेको छ। रातको समयमा सडकमा टल्किने उक्त क्याट्स आईले सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने जनाइएको छ।

त्यसका लागि बोलपत्र आह्वान गरिसकेको र तत्कालै काम सुरु हुने कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। लैनचौर, कालोपुल, बानेश्वर, टुँडीखेल वरपर, सिंहदरबार, खुसिबु, कुलेश्वर, थापागाउँ, नयाँबजार, छाउनेलगायत स्थानमा रु ६७ लाख बराबरको लागतमा क्याट्स आई राख्न लागिएको सल्लाहकार श्रेष्ठले बताए। क्याट्स आई राखेपछि रातको समयमा सवारीसाधनलाई आफ्नो आवतजावत गर्ने एरिया स्पष्ट हुने र दुर्घटना कम गर्न सहयोग पुग्ने उनको भनाइ छ। 

यसैबीच, कामपाले सडक चिह्न राख्ने तयारी थालेको छ।  धेरै स्थानमा सडक चिन्ह मेटिएका छन्। त्यस्ता चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समस्या भएकाले सडक विभागसँगको सहकार्यमा कामपाले राख्न लागेको हो।  

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ। कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिँदै आइएको छ। रासस

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

महराजगंजस्थित भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा

महराजगंजस्थित भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा

१४ फागुन, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड त…

नवलपरासी पूर्वमा तीन हजार ७४६ हेक्टरमा तोरी खेती

नवलपरासी पूर्वमा तीन हजार ७४६ हेक्टरमा तोरी खेती

१४ फागुन, काठमाडौं । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन ९तोरी० बालीतर्फ…

गुल्मीका ६१ हजार घरधुरीमा विद्युत सेवा

गुल्मीका ६१ हजार घरधुरीमा विद्युत सेवा

७ फाल्गुण, काठमाडौं । गुल्मी जिल्लामा हालसम्म ६१ हजार घरधुरीमा विद्युत सेवा विस्तार भ…

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै

२३ माघ, काठमाडौं । काठमाडौंको हाडीगाउँमा रहेको ऐतिहासिक सम्पदास्थलमा गहना पोखरीको…