SamwadKhabar logo

               

समाचार

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

संवाद खबर

संवाद खबर

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लागि ग्राहक विवरण अनलाइनमार्फत अद्यावधिक गर्न सकिने सुविधा देशभरका कार्यालयहरूमा विस्तार गरेको छ।

यसअघि पुस २२ गतेदेखि काठमाडौंको सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट परीक्षणका रूपमा सुरु गरिएको यो सेवा कम्पनीको २२औं वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि देशभरका सबै कार्यालयहरूबाट उपलब्ध गराउन थालिएको हो।

यो सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो नाम वा अन्य व्यक्तिगत विवरण सच्याउनुपर्ने भएमा अब आफैं अनलाइनमार्फत विवरण भरेर अपडेट गर्न सक्ने व्यवस्था मिलाइएको छ।

यसका लागि ग्राहकहरूले टेलिकमको ‘कस्टमर लगइन पोर्टल’ प्रयोग गर्नुपर्ने हुन्छ, जहाँ मोबाइल नम्बरमा आउने ओटीपी ९इत्ए० मार्फत प्रमाणीकरण गरी आफ्नो विवरण, ठेगाना, र परिचयपत्रका फोटोहरू अपलोड गर्न सकिन्छ।

टेलिकमका अनुसार यो प्रणालीको प्रयोगले ग्राहकहरूको समय र श्रम बचत हुनुका साथै सेवा थप ग्राहकमैत्री, सरल र प्रभावकारी हुनेछ। पहिलो चरणमा क्यूआर कोड र वेबसाइटमार्फत उपलब्ध गराइएको यो सेवालाई आगामी दिनमा नेपाल टेलिकमको मोबाइल एपमा पनि पूर्ण रूपमा समावेश गर्ने कम्पनीको योजना रहेको छ।

यस डिजिटल रूपान्तरणले कागजविहीन कार्य प्रणालीलाई प्रोत्साहन गर्ने र डाटा अद्यावधिक प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लुम्बिनीमा 'प्रार्थना तथा पुण्य उद्यान' परियोजनाको शुभारम्भ, १० हजार चिनियाँ पर्यटक नेपाल ल्याइने

लुम्बिनीमा 'प्रार्थना तथा पुण्य उद्यान' परियोजनाको शुभारम्भ, १० हजार चिनियाँ पर्यटक नेपाल ल्याइने

चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहका बीच 'लुम्…

पूर्वयुवराज्ञी हिमानीद्वारा केराबाट फाइबर बनाउने प्लान्टको अवलोकन

पूर्वयुवराज्ञी हिमानीद्वारा केराबाट फाइबर बनाउने प्लान्टको अवलोकन

२८ फागुन, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले कीर्तिपुरस्थित कृतिनारी केरा फाइबर…