SamwadKhabar logo

               

राजनीति

आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

संवाद खबर

संवाद खबर

आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

२५ फागुन, काठमाडौं । आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो २ बजेका लागि पद तथा शपथ ग्रहणको समय तय गरिएको छ ।

शपथ ग्रहण सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् । 

राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा भएको थियो । उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।

संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई निर्देशन दिएको छ । साथै, उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एकरएक प्रति लिएर जानुपर्छ ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको एक प्रति २४ फागुनसम्म संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

यही २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि गत ११  माघमा निर्वाचन भएको हो । एक जना राष्ट्रपतिबाट मनोनित सांसद थिए । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन् ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन् ।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही प्रतिनिधिसभा सदस्य भएर काम गरिसकेका अनुहार हुन् ।

मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर विघटित प्रतिनिधिसभा सदस्य थिए । पटक–पटक प्रतिनिधिसभा सदस्य भएर काम गरेका उनी राजनीतिको उत्तरार्धतिर राष्ट्रिय सभा सदस्य भएका हुन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रामकुमारी झाँक्री पनि प्रतिनिधिसभाकी पूर्व सदस्य हुन् ।

यसैगरी, कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही संविधान सभामा रहेर काम गरेका नेता हुन् । २०६४ को पहिलो संविधान सभा चुनावमा आफ्नै पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । शाही पराजित भए । तर, पार्टी छाडेनन् । २०७० को दोस्रो संविधान सभा चुनावमा जुम्लाबाट निर्वाचित भए र नेपालको संविधान २०७२ निर्माणमा भूमिका खेले । २०७९ को चुनावमा प्रदेश सभामा चुनाव लडे, जितेनन् । यसपटक उनी राष्ट्रिय सभा सदस्य भएका हुन् ।

कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाहीसँगै एमालेकी मिना रखाल निर्वाचित भएकी छन् ।

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्विरोध निर्वाचित सुनीलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । ६६ वर्षीय थापासँग यसअघि नै संघीय सांसद र संघीय मन्त्री भएर काम गरेको अनुभव छ ।

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्वाचित अर्की सांसद हुन्– रोशनी मेचे । उनी सीमान्तकृत मेचे समुदायकी हुन् ।

मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा लोसपाका महन्थ ठाकुर बाहेक नेपाली कांग्रेसका धमेन्द्र पासवान र रन्जित कर्ण तथा नेकपा एमाले एमालेका रेखा झा निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट सोम पोर्तेल राष्ट्रिय सभामा निर्वाचित भएका छन् ।

बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेम दंगाल निर्वाचित भएका छन् । दंगाल एमालेका केन्द्रीय सदस्य हुन् ।

गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी र सम्झना देवकोटा निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशबाट कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी गुल्मीका र जंगली दाङका पुराना नेता हुन् ।

सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी निर्वाचित भएका छन् ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

छिटो छरितो सेवा दिन भद्रपुर मालपोतमा टोकन प्रणाली

७ वैशाख, काठमाडौं । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यव…

मातातीर्थ औंसी, अर्थात् आमाको मुख हेर्ने दिन

मातातीर्थ औंसी, अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली समाजमा सन्तान र जन्मदात्री बीचको…

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

यो पनि

लेखा समिति सभापतिमा भरतबहादुर खड्का निर्विरोध

लेखा समिति सभापतिमा भरतबहादुर खड्का निर्विरोध

४ वैशाख, काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा…

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबिच छलफल आज

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबिच छलफल आज

३ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेपछि पहिलोपटक …

राष्ट्रपतिको आह्वानः फुटेर होइन, जुटेर अघि बढौँ

राष्ट्रपतिको आह्वानः फुटेर होइन, जुटेर अघि बढौँ

२७ चैत्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको १० वर्षक…

उपसभामुख निर्वाचन भोलि

उपसभामुख निर्वाचन भोलि

२६ चैत्र, काठमाडौं। प्रतिनिधि सभाको उपसभामुख चयन चैत २७ गते शुक्रवार हुने भएको छ ।…